About Author




सम्बत् २०३६ कात्तिक २४ गते पर्वतको कटुवा चौपारीमा जन्मिएका आख्यानकार, निबन्धकार, समालोचक तथा अध्यापक बालाकृष्ण अधिकारी नेपाली साहित्येतिहास लेखन विषयमा विद्यावारिधि तह अनुसन्धानरत छन् । त्रि.वि. नेपाली केन्द्रीय विभागबाट सम्बत् २०६१ मा स्नातकोत्तर तहमा प्रथम श्रेणीमा सर्वप्रथम भई अधिकारीले शैैक्षिक क्षेत्रमा आफ्नो अब्बल स्थान सुरक्षित गराइसकेका छन् ।
दुई प्राध्यापकका बिचमा अधिकारी 

गरिमा, मधुपर्क, जनमत, शब्दांकुर, दीपशिखा, कविता, तन्नेरी, आँखा जस्ता विभिन्न पत्रिकामा कविता, कथा, निबन्ध आदि सिर्जनात्मक रचना र समीक्षात्मक तथा अनुसन्धानात्मक लेख प्रकाशित गराइसकेका अधिकारीको हालसम्म नेपाली साहित्येतिहास लेखन सर्वेक्षण र विश्लेषण २०६६, साहित्य शास्त्र नेपाली समालोचना र शोधविधि – सहलेखन २०६९, पूर्वीय साहित्य शास्त्रको प्रायोगिक स्वरूप २०६९ र नेपाली साहित्यको काल विभाजन २०६९ गरी चार अनुसन्धानात्मक तथा समालोचनात्मक पुस्तक प्रकाशित भइसकेका छन् ।

नेपाल विद्याभूषण ख २०६१, लारी स्वर्ण पदक २०६१, नरेन्द्र वाङ्मयनिधि सम्मान २०६१, अञ्चलस्तरीय कविता प्रतियोगितामा प्रथम २०५७, जिल्लास्तरीय कविता प्रतियोगितामा प्रथम २०५५ जस्ता सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका अधिकारी हाल नेपाली केन्द्रीय विभाग कीर्तिपुर र कोटेश्वर बहुमुखी क्याम्पस कोटेश्वरमा अध्यापनरत छन् । यी छोटो चिनारीसँगै अधिकारीबाट विगतमा गरिएका र आगतमा गरिने प्राज्ञिक तथा सामाजिक कार्यहरू नै उनको आफ्नो परिचय हो र हुनेछ ।


  

0 comments:

Post a Comment